१३ कार्तिक २०८३, शुक्रबार

सहकारी क्षेत्र बलियो बनाएर मात्र अर्थतन्त्र सबल बन्छ : मन्त्री दाहाल



काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारीता क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताए ।

झापाको दमक स्थित मेची बहु उदेश्यिय सहकारी सस्थाको ३१ औ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने बताए । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्त्वपूर्ण खम्बा रहेको स्मरण गराए ।

अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दहालले बताए । पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उनको भनाई थियो ।

१७ हजार भन्दा बढी सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर मात्र तिरेको सस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताए । ३ जिल्ला कार्य क्षेत्र रहेको सस्थाको ४ अर्ब ५३ करोडको वासलात रहेको छ ।