७ श्रावण २०८३, बिहिबार

हिमालयन जाभाको भावी विस्तारका लागि एनआईबीएलको रणनीतिक लगानी



काठमाडौं । नेपाली उद्यमशीलता र यसको विश्वस्तरीय सम्भावनामा विश्वास दर्शाउँदै, एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कफीबीच औपचारिक साझेदारी घोषणा गरिएको छ।

हिमालयन जाभामा आयोजित एक विशेष कार्यक्रममा एनआईबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभामा महत्वपूर्ण लगानी गर्दै कम्पनीको भावी विस्तार यात्रामा साथ दिने घोषणा गरेको हो।

हिमालयन जाभाका संस्थापक गगन प्रधान र आनन्द गुरुङ, साथै अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त पाँडेले यो लगानी केवल पूँजीको मात्र नभई रणनीति र कार्यान्वयनको अनुशासन भएको बताए ।

उनले भने, ‘हामी हिमालयन जाभालाई आधुनिकीकरण, स्केल र विश्व बजारमा प्रतिस्पर्धाका लागि तयार पार्न प्रतिबद्ध छौं।’
घरेलु ब्रान्ड र संस्थागत लगानीकर्ताको सहकार्यबाट क्षेत्रीय नेतृत्व र विश्वस्तरीय सफलताको नमूना प्रस्तुत गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

यस्तै थापाले हिमालयन जाभाले सन् १९९९ मा एक क्याफेबाट सुरु गरी आज ७० भन्दा बढी शाखा विस्तार गरी नेपाली कफी संस्कृतिको निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे।

उनले भने, ‘यो साझेदारी हाम्रो साझा दृष्टिकोणको प्रतिबिम्ब हो। दक्षिण एसिया हुँदै विश्व बजारमा नेपाली स्पेशाल्टी कफीलाई प्रवद्र्धन गर्नु हाम्रो लक्ष्य हो।’

यस साझेदारीमार्फत हिमालयन जाभालाई दक्षिण एसियाली बजारमा थप विस्तार गर्ने र नेपाललाई विश्व कफी बजारमा प्रतिनिधित्व गर्ने अभिप्रायले अघि बढ्ने बताइएको छ।

एनआईबीएल इक्विटी पार्टनर्ससँगै एनआईएमबी एश क्यापिटल र एनआईएमबी बैंक पनि यस यात्रामा सहकार्य गर्दैछन्।


प्रतिक्रिया दिनुहोस्