‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’को भव्य दशैं अफर : ३० प्रतिशतसम्म छूट, नि:शुल्क दौरा सुरुवाल सेट !
काठमाडौं । ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ ।
काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूटसहितको दसैंतिहार अफर घोषणा गरेको हा ।
दसैं र तिहारको अवसरमा दौरा, सुरुवाल, कोट र टोपी खरिद तथा शर्टिङ सुर्टिङमा ३० प्रतिशतसम्म छूट उपलब्ध हुने टेलर्स संचालक बताउँछन् । उनका अनुसार कुर्था, सुरुवाल, ज्वारीकोटमा २५ प्रतिशतसम्म छूट हुनेछ ।
परम्परागत नेपाली पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित यो ब्राण्डले आफ्नो इन्द्रचोकमा रहेको आउटलेटबाट पनि ग्राहकलाई छूट दिने भएको हो । दुइटै आउटलेटबाट ५ वटा सेट दौरा सुरुवाल खरिदमा १ सेट निशुल्क उपलब्ध गराइने छ । साथै, परिवारका लागि सामूहिक खरिद गर्दा थप १ जोडी दौरा–सुरुवाल नि:शुल्क दिने योजना समेत रहेको टेलर्सले जनाएको छ ।
यो अफर यही भदौ २० गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ । परम्परागत नेपाली संस्कृतिको संरक्षण र प्रवर्दनका साथै चाडपर्वमा परिवारलाई एकै स्वरूपमा सजिन सहज बनाउन यस्ता अफर अघि सारिएको संचालक बताउँछन् ।
करिब २ दशकदेखि भेडासिंह चोकमै सञ्चालित आउटलेटबाट बच्चाको पास्नीका लुगा, फ्यामिलि सेटहरु, गुन्यू चोलो, बेहुला सेट, लेडिज सुटका साथै शर्टिङ सुर्टिङका वस्तु खरिदको सेवा लिन सकिन्छ ।
साथै सरकारी कर्मचारीको ड्रेस (सुट) एकदमै सस्तो मूल्य उपलब्ध गराइने टेलर्सले जनाएको छ । सीमित अवधिका लागि निजामित, सार्वजनिक संस्थानका कर्मचारी लगायतको ड्रेस (कोट, पाइन्ट, शर्ट, टाई सहितको सेट) ७ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ ।















