७ श्रावण २०८३, बिहिबार

सामसङकाे ‘दशैंको मुड, सबै गुड’ अफर सार्वजनिक, के-के छन् अफर ?



काठमाडौं । सामसङले चाडपर्व लक्षित दशैंको मुड, सबै गुड अफर सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत सामसङका टिभी र होम अप्लायन्समा आकर्षक मूल्य अफर गरिएको छ।

भदौ २५ देखि सुरु हुने योजना असोज २४ सम्म लागू हुनेछ। अफर अन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन् भने नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेडरएक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ।

सामसङको नियो क्यूएलइडी, क्यूएलइडी, एफएचडी र एचडी टिभीहरुमा ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाइने जनाइएको छ। छानिएका ७५ इन्च र ८५ इन्च क्यूएलइडी मोडेलमा साउन्डबार समेत दिइने भएकाले होम थियटर अनुभव अझै पूर्ण हुने कम्पनीले जनाएको छ। टिभीहरुमा ३ वर्षको फुल वारन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध हुने जनाइएको छ।

यस्तै, सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशत सम्म इन्स्टन्ट क्यासब्याक पाइनेछ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाइने कम्पनीले जनाएको छ।

सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्ने अफर पनि घोषणा गरिएको छ। खरिदसँगै टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ केजी र ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ केजी प्राप्त गर्नेछन्। रेफ्रिजरेटर र वाशिङ मेसिनमा डीआइटीमा २० वर्षको वारन्टी दिइने र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध हुने जनाइएको छ।

सामसङ टिभी वा होम अप्लायन्स ० प्रतिशत ब्याजदरमा ईएमआई किस्ताबन्दीमा किन्न सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्