ठग बहादुरको भवनमा सर्यो एक्सेल डेभलपमेन्टको केन्द्रिय कार्यालय
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण भएको छ । हाल बैंकको केन्द्रिय कार्यालय झापाको विर्तामोड नगरपालिका–४ मुक्तिचोकमा रहेको थियो ।
तर, आज अर्थात् भदौ १६ गतेदेखि भने विर्तामोड नगरपालिका–३ मा सरेको छ । सोही स्थानको ठग बहादुर खड्काको नाममा रहेको भवनमा (किङसवरी होटल नजि) स्थानान्तरण भएको हो ।
उक्त स्थानमा केन्द्रिय कार्यालय स्थानान्तरण गर्नका लागि नेपाल राष्ट्र बैंकले भदौ ११ गते बैंकलाई स्वीकृति दिएको थियो ।














