हिमालयन ८०–२० योजनाले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन ८०–२० योजनाले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडाैं । हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

योजना व्यवस्थापक श्री हिमालयन क्यापिटल लिमिटेडको मिति २०८२ साल भाद्र १३ गते सांझ ५ बजे बसेको ७४औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट योजनाका ईकाइधनीहरुलाई कर सहित १६.१६ प्रतिशतको दरले हुन आउने रु १६,१६,००,००० (अक्षरेपी सोह्र करोड सोह्र लाख रुपयाँ मात्र) प्रतिफलको रुपमा बितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन ८०–२० योजनाले प्रदान गर्ने लाभांश प्रक्षेपण भन्दा ६ प्रतिशत अधिक र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि प्रक्षेपित भन्दा अधिक लाभांस प्रदान गरेको योजनाले छोटो अवधिमा नै लगानीकर्ताहरुमध्य लगानीको एक उत्कृष्ट अवसरको रूपमा आफ्नो छाप छोड्न सफल भएको छ ।

निकट भविष्यमा खुल्लामुखी योजना संचालनमा ल्याउने तयारीमा रहेको हिमालयन क्यापिटल लिमिटेड को व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांशमा निराश नबनाउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्