इन्फिनिक्सले नेपालमा ल्यायो हट ६० प्रो सिरिजः सबैभन्दा पातलो र स्टाइलिश गेमिङ फोन, मूल्य कति ?
काठमाडौं । इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ। यस अन्तर्गत दुई दमदार स्मार्टफोनहरू हट ६० प्रो प्लस र हट ६० प्रो उपलब्ध छन्। आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेञ्ज स्मार्टफोनको स्तरलाई नै नयाँ उचाइमा पुर्याएका छन्।
हट ६० प्रो प्लसः नेपालमा यस सेगमेन्टमै पहिलो सबैभन्दा स्लिम फोन
नेपालको बजारमा हट ६० प्रो प्लस अहिलेको मितिमा आफ्नो श्रेणीको सबैभन्दा पातलो स्मार्टफोनका रूपमा आएको छ।
यो फोन केवल ५।९५ मिलिमिटर पातलो र १५५ ग्राम वजनको छ, जसले यसलाई निकै हल्का र स्टाइलिश बनाएको छ। आकारमा पातलो भए तापनि यसमा ५१६० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जुन ४५ वाट फास्ट चार्जिङ सपोर्टसहित आउँछ। यसले प्रयोगकर्तालाई दिनभर पर्याप्त पावर प्रदान गर्छ।
यसमा १.५के रिजोल्युसनसहितको १४४ हर्ज रिफ्रेस रेट भएको कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ, जसले दृश्य अनुभवलाई अत्यन्त प्रिमियम बनाउँछ। फोनमा मिडियाटेक हेलियो जी२०० प्रोसेसर प्रयोग गरिएको छ, जुन टीयूभी प्रमाणीकरणअनुसार ५ वर्षसम्म स्मूथ प्रदर्शन सुनिश्चित गर्छ।
५० मेगापिक्सेल क्षमताको सोनी आईएमएक्स८८२ क्यामेरा, एआई रअ इञ्जिनसहित, यस फोनको अर्को प्रमुख विशेषता हो। क्यामेराले स्पष्ट र गहिरो विवरणयुक्त फोटो खिच्न सक्ने क्षमता राख्दछ। साथै, फोनमा ८ जीबी र्याम (८ जीबी अतिरिक्त एक्सटेन्ड गरेर १६ जीबीसम्म) र १२८ जीबी स्टोरेज दिइएको छ।
फोनमा इनफिनिक्स एआई इन्फिनिटी सिस्टम, इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, र अन्य स्मार्ट विशेषताहरू समावेश छन्। यति धेरै आकर्षक विशेषतासहित हट ६० प्रो प्लस (८ं१२८ जीबी) को मूल्य रु. २६,९९९ मात्र राखिएको छ, जसले नेपाली बजारमा प्रतिस्पर्धात्मक स्थान ओगट्ने सम्भावना बलियो बनाएको छ।
हट ६० प्रोः गेमिङ र मनोरञ्जनका लागि तयार गरिएको स्मार्टफोन
हट ६० प्रो विशेष गरी गेम खेल्ने र उच्च प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको स्मार्टफोन हो।
६.६ मिलिमिटर पातलो डिजाइनमा बनेको यो फोनको वजन केवल १७० ग्राम छ, जसले गर्दा लामो समयसम्म प्रयोग गर्दा पनि हातमा भारी महसुस हुँदैन। यसमा १।५के रिजोल्युसनसहितको १४४ हर्ज एमोलेड डिस्प्ले दिइएको छ, जुन कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ। यसले प्रयोगकर्तालाई उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ।
फोनमा ५१६० एमएएच क्षमताको ब्याट्री छ, जुन ४५ वाट फास्ट चार्जिङ सपोर्टसहित आउँछ। यो ब्याट्री ५ वर्षसम्म टिक्न सक्ने दाबी गरिएको छ, जसले गर्दा लामो समयसम्म निस्कनु पर्दैन। गेमिङ, भिडियो हेर्न वा अन्य मनोरञ्जनका लागि चाहिने सबै कुरा यसमा उपलब्ध छन्।
यसमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज दिइएको छ, जुन मल्टिटास्किङ र डाटा भण्डारणका लागि पर्याप्त छ। यस्ता विशेषतासहितको हट ६० प्रो (८ं१२८ जीबी) को मूल्य रु. २०,९९९ मात्र निर्धारण गरिएको छ, जसले गर्दा यो फोन गेमिङका लागि खोज्ने सबै प्रयोगकर्ताहरूका लागि किफायती र प्रभावकारी विकल्प बन्न पुगेको छ।
हट ६० प्रो प्लस र हट ६० प्रो अब नेपालभर विभिन्न आकर्षक रंगमा पाइन्छन्। प्रिमियम डिजाइन र पावरफुल स्पेसिफिकेसनलाई किफायती मूल्यमा उपलब्ध गराउँदै हट ६० प्रो सिरिजले यो सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड सेट गरेको छ।













