सीजीनेटको साथ उपहार हातैहात: यस दशैंमा इन्टरनेटसँगै उपहार
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूले निश्चय उपहार पाउनेछन्। ग्राहकहरूले आफ्नो रोजाइअनुसार निम्न उपहारहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
मिक्सर ग्राइन्डरस् २५० मेगाबिट प्रतिसेकेन्ड र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा, साथै १ महिना इन्टरनेट निःशुल्क।
टोस्टरस् १५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा, साथै १ महिना इन्टरनेट निःशुल्क।
अतिरिक्त इन्टरनेट बोनसस् १५०/२५०/३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अधिकतम ३ महिनासम्म।
यो अफर भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म सीमित समयका लागि लागू हुनेछ।
सीजीनेटले सधैं आफ्ना ग्राहकलाई किफायती मूल्यमा द्रुतगति इन्टरनेटसँगै थप मूल्यवर्धन गर्ने प्रयास गर्दै आएको छ। यस चाडपर्वमा उपहारसहितको इन्टरनेट अफरले ग्राहकहरूलाई अझै लाभान्वित बनाउने कम्पनीको विश्वास छ।













