श्रम सम्झौता भएका देशमा ‘हुलाक सेवा’ अनिवार्य : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरुमा अनिवार्य रुपमा हुलाक सेवा सम्झौता गर्नु पर्ने बताए ।
हुलाक सेवा विभागले वार्षिक प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संवोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन् ।
उनका अनुसार हुलाकको पछिल्लो व्यवसायिक सम्भावना पार्सल डेलिभरी रहेको विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार बढाउन श्रम सम्झौता भएका देशहरुमा हुलाक सेवाको विस्तार गर्न आवश्यक हुने बताए । मन्त्री गुरुङले पार्सले सेवालाईभरपर्दो, व्यापक र विश्वस्नीय बनाउन पनि आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा हुलाक सेवा विभाग अन्र्तगतका विभिन्न जिल्ला हुलाक कार्यालय प्रमुखहरुको उपब्लधी, प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । जसमा मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिए । ‘स्मार्ट हुलाक कार्यालय सञ्चालनको लागि जति सक्दो छिटो मापदण्ड बनाउनुहोस्”, उहाँले भन्नुभयो,“अब हुलाक स्मार्ट हुनुपर्छ, सूचनाप्रविधिसँगै रुपान्तरण हुनु जरुरी छ ।’
मन्त्री गुरुङले हुलाक सेवा जनताको प्रत्यक्ष हित सँग घर दैलोमा पुग्ने अति आवश्यक सेवा निकाय भएकाले यसका लागि आवश्यक पर्ने सम्पुर्ण पुर्वाधार व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
त्यसै सन्र्दभमा हुलाक चिट्ठी ओसार पसार गर्न सवारी साधनको व्यवस्थापन गर्ने, पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले विगतमा हुलाकको गौरवपुर्ण खासलाई आत्मसाथ गर्दै आधुनिक युगको हुलाक कार्यालय बनाउन ऐन कानुन परिमार्जन गर्ने कार्य भइरहेको बताए । उनले कर्मचारीहरुलाई हुलाक सेवा स्मार्ट बनाउने विषयमा रचनात्मक कार्ययोजना बनाउन आग्रह गरे । कामका दौरानमा आउने समस्याको समाधान गर्न आफु तत्पर रहेको बताए ।
कार्यक्रममा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले स्मार्ट हुलाक नीति बनाउने तयारीमा रहेको जानकारी गराउदै आवश्यक जनशक्ती र स्रोतसाधानको व्यवस्थापन गर्न मन्त्री समक्ष ध्यानर्काषण गराएका थिए । विभागका निर्देशक धव्रराज आचार्यले विभागको वार्षिक प्रगति समिक्षा प्रस्तुत गरे । जसका निश्र्कषमा हुलाक सेवा घर दैलो पुर्याउन कार्यालयमा सवारी साधनको अभावले थुप्रै चुनौती खेप्नु परेको समस्या खुलाए ।













