जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिनु भयो ? खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा २४ लाख १४ हजार १ सय कित्ता शेयर निष्काशन गरिरहेको छ । जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हकप्रद सेयर जारी गरेको हो ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो । यसका आधारमा असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको सेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।













