१ कार्तिक २०८३, आइतबार

एमालेको सचिवालय बैठक आज, विधान महाधिवेशनको तयारी तीव्र



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक अपराह्न ३ बजेका लागि तय गरिएको छ। बैठकमा महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

महाधिवेशनलाई लक्षित गरी पार्टीले आन्तरिक तयारीलाई तीव्र बनाएको छ ।