८ श्रावण २०८३, शुक्रबार

सात दर्जन कम्पनीको सेयर भाउ बढ्यो, यी हुन आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । साताको अन्तिम कारोबार दिन सात दर्जन कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।बिहीबार ८५ कम्पनीको मूल्य बढेको हो ।

आज सबैभन्दा धेरै हिम स्टार उर्जा कम्पनीको वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ३२.३० रुपैयाँ बढेको हो ।

आज विन्ध्यावासिनि हाइड्रोपावरको ६.०७ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ६.०५ प्रतिशत र उपकार लघुवित्तको ५.०९ प्रतिशत वृद्धि भएको छ ।

आज यीसहित ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्