८ श्रावण २०८३, शुक्रबार

पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक सेयर किनबेच भएका कम्पनीहरु



काठमाडौं । बिहीबार ५ अर्ब बढीको सेयर खरिदबिक्री भएको छ । साताको अन्तिम कारोबार दिन ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर खरिदबिक्री भएको हो । आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक किनबेच भएको छ । आज कम्पनीको ३५ करोड ३५ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा विन्ध्यावासिनी हाइड्रोपावर छ । कम्पनीको १९ करोड बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको १७ करोड ६९ लाख, युनियन हाइड्रोपावरको १७ करोड ५८ लाख, हिमालय डिस्टीलरीको १५ करोड ७१ लाख ७६ हजार, बुटवल पावरको १५ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्