सामाजिक सञ्जालहरूबाट नेपालले उठायो ९३ करोड रुपैयाँ कर, क–कसले तिर्छन् ?
काठमाडौं । फेसबुक, टिकटक, युट्युब, नेटफ्लिक्सजस्ता लोकप्रिय सामाजिक सञ्जाल र स्ट्रीमिङ प्लेटफर्महरूले नेपाल सरकारका ठुलो रकम दर बुझाउँदै आएका छन् ।
सरकारले अहिलेसम्म सामाजिक सञ्जाल र अन्य डिजिटल सेवा प्रदायकबाट ९३ करोड रुपैयाँ बराबरको कर संकलन गरिसकेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर (भ्याट) बाट यो राजस्व आएको हो। सरकारले आर्थिक वर्ष २०७९–८० देखि पहिलोपटक डिजिटल सेवा प्रदायकहरूबाट कर उठाउन थालेको हो ।
सुरुमा संकलन कम भए पनि दोस्रो वर्षबाट आय उल्लेख्य रूपमा बढेको छ । दोस्रो वर्ष करिब ५० करोड उठ्े पनि हालसम्म जम्मा ९३ करोड नाघिसकेको विभागले जनाएको छ ।
हालसम्म गुगल एशिया प्यासिफिक, मेटा प्लेटफम्र्स आयरल्यान्ड (फेसबुक, इन्स्टाग्राम), टिकटक, नेटफ्लिक्स, माइक्रोसफ्ट, अमेजन, एप्पल लगायतर कर बुझाएका हुन् । यी कम्पनीहरूले नेपालमा गरिएको कारोबारको २ प्रतिशत डिजिटल सेवा कर तिर्ने व्यवस्था छ ।















