एक्सले सरकारसँग माग्यो दर्ता प्रक्रिया र कागजातको स्पष्टता
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता गर्न आवश्यक पर्ने कागजातबारे सरकारसँग विवरण मागेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै एक्सले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको हो ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी सरकारी निर्णयपछि अहिले यसको समर्थन र विरोधमा चर्को बहस भइरहेको छ ।















