हालसम्म ९० इन्टरनेट सेवा प्रदायकले गरे सामाजिक सञ्जाल निष्क्रिय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हालसम्म ९० इन्टरनेट सेवा प्रदायकले गरे सामाजिक सञ्जाल निष्क्रिय



काठमाडौं । सरकारी निर्देशन अनुसार अहिलेसम्म साढे सात दर्जन इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपि)ले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल ९० वटा इन्टरनेट सेवा प्रदायकले सामाजिक सञ्जाल निष्क्रिय पारेका हुन् । यो दिउँसो २ बजेसम्मको विवरण हो ।

हालसम्म १०८ वटा आइएसपिले अनुमति लिएका छन् । बाँकी सेवा प्रदायकलाई सामाजिक सञ्जाल निष्क्रिय गराउन अनुगमन टोली परिचालन गरिएको र निरन्तर छलफल भइरहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्