युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोद्वारा दशैं-तिहारको आकर्षक अफर सार्वजनिक
काठमाडैं । दशैं–तिहारको शुभअवसरमा युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ।
यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।
बेकोका उत्पादनहरूमा १०० प्रतिशत पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ। होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्।
यस योजना अनर्तगत वासिङ्ग मेसिनको खरिदमा ६ केजी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुबिधा पाउनुहुनेछ ।
यस अफरलाई सीजी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ।
ग्राहकहरूलाई थप सहज बनाउन इएमआइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ। जसमा तपाईहरुले सजिलै शुन्य इएमआईमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नुहुनेछ भने तपाईका पुराना घरायसी सामानहरु संग पनि उच्च मुल्याङ्कनमा एक्चेन्ज गर्न सक्नुहुनेछ ।
यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ।













