नेप्सको अध्यक्षमा बस्याल
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । लामो समयदेखि अध्यक्षविहीन रहँदै आएको अध्यक्षमा सरकारले बस्याललाई नियुक्ति गरकोहो ।
मन्त्रीस्तरीय निर्णयमार्फत उनी अध्ययक्ष बनेका हुन् । उनको कार्यकाल तीन वर्षको हुनेछ । बस्याल हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।











