सेजन अध्यक्षमा भागवत र महासचिवमा कमल निर्वाचित, कसले कति मत ल्याए ?
काठमाडाैँ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)काे अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९० मत तथा आशा थपलियाले ४१ पाएका छन् ।
महासचिवमा कमल बस्नेत निर्वाचित
सेजनकाे महासचिवमा कमलकुमार बस्नेत निवार्चित भएका छन् । बस्नेतले १३९ मत पाउँदा प्रत्यासी अच्युत पुरीले १०४ मत ल्याएका छन् ।
त्यस्तै सेजनकाे काेषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले १३३ मत ल्याउदा उनकाे प्रत्यसी ममता थापाले १०८ मत ल्याइन ।
सेजनकाे उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विराेध निर्वाचित भैसकेका छन् ।
सेजनकाे सदस्यहरूमा अर्जुन तामाङ १४१ , कमल धिताल १८५ , भाेजराज भण्डारी १४६ , राजु बास्काेटा १५९ र सिमा तामाङ १६२ निर्वाचित भएका छन् ।
सेजनकाे २७ आैँ अधिवेशन तथा साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।













