सुनको मूल्य बढ्ने क्रम जारी, आज पनि तोलामा १६०० रूपैयाँ बढ्यो
काठमाडौं । सुनको मूल्य बढ्ने क्रम लगातार जारी छ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य प्रतितोला १६०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यो सुनको हालसम्मकै उच्च मूल्य हो ।
गत शुक्रबार उक्त सुन प्रतितोला २५ सय रूपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ८ रुपैयाँ मूल्य बढेको छ । शुक्रबार २ हजार १३५ रुपैयाँ तोला रहेको चाँदीको मूल्य आइतबार २ हजार १४३ रुपैयाँ पुगेको छ ।













