कामना सेवा विकास बैंकको १४ वर्षे लाभांश इतिहास, हालसम्म कति बाँड्यो बोनस र नगद ?
काठमाडौं । कामना सेवा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ ।
बैंकको आइतबार (भदौ २२ गते) बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १० प्रतिशत बोनस सेयर र कर समेत गरि ५.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको लाभांश दर गत वर्षको तुलनामा बढेको छ । गत वर्ष पनि बैंकले ७ प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश बाँडेको थियो ।
बैंकको १४ वर्षको लाभांश इतिहासमा एक पटक मात्र सेयरधनीको हात रित्तो भएको देखिन्छ । अधिकांश वर्षमा बैंकले दोहोरो अंकमा नै लाभांश बाँडेको छ ।
अघिल्लो वर्ष (आव २०७९–८०) मा बैंकले लाभांश वितरण गरेको थिएन । तर, आव २०६८–६९ देखि यता भने निरन्तर लाभांश वितरण गर्दै आएको छ ।
बैंकले आव २०७–७२ मा सबैभन्दा उच्च २३.७९ प्रतिशत लाभांश दिएको थियो । यस्तै, आव २०७२–७३ मा २१.५८ प्रतिशत, आव २०७०–७१ मा २२.११ प्रतिशत, २०६९–७० मा २१ प्रतिशत लाभांश दिएको थियो ।
कुन वर्ष कति बाँड्यो ?














