११ श्रावण २०८३, सोमबार

४०-५० लाख भित्रै पाइने इलेक्ट्रिक एसयूभी खोजिरहनु भएको छ ? यी हुन् शानदार विकल्पहरु



काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ इलेक्ट्रिक भेइकल (ईभी) को प्रभाव निकै बढ्दो छ ।

चीनको उन्नत ब्याट्री र नयाँ डिजाइनले यी एसयूवीहरूलाई सस्तो र आकर्षक बनाइदिएको छ । यसले ४० लाखदेखि ५० लाख रुपैयाँ मूल्य दायरामा रहेका मिडसाइज एसयूवीहरूको प्रतिस्पर्धा अत्यधिक तीव्र बनाएको छ ।

आजकाल यी एसयूवीहरू शक्तिशाली र टिकाउ मात्र छैनन् । बरु स्मार्ट टेक्नोलोजी र किफायती मूल्यको राम्रो संयोजन पनि हुन् । पानारोमिक सनरुफ, ३६० डिग्री क्यामरा, अटोनोमस ड्राइभिङ असिस्ट जस्ता हाइटेक सुविधाहरूले यी गाडीहरूलाई बजारमा नयाँ मापदण्डमा पुर्याएका छन् ।

४० देखि ५० लाख मूल्यमा उपलब्ध यी मिडसाइज एसयूवीहरूले उपभोक्तालाई विभिन्न विकल्पहरू दिन थालेका छन् । पछिल्लो समय ग्राहकहरूको छनोटको दायरा पनि विस्तार भएको छ । नयाँ प्रविधीका साथ किफायती मूल्यमा लग्जरी र उच्च प्रदर्शनको गाडी उपलब्ध छन् ।

बजारको नयाँ लहरलाई बुझ्नका लागि, हामीले तपाईंलाई पाँच उत्कृष्ट मिडसाइज कम्प्याक्ट एसयूवीहरू एमजी एस–फाइभ लग्जरी, लीपमोटर बी–१०, दीपल एस–०५ प्लस, दीपल एस–०५ प्लस, बीवाइडी एटो–२ र नामी भीगो इटु प्लसको बारेमा जानकारी दिनेछौं । यी एसयूवीहरूले बजारमा सस्तो मूल्यमा अत्याधुनिक टेक्नोलोजी र आकर्षक डिजाइनको साथ प्रतिस्पर्धा गरिरहेका छन् ।

नामी भीगो इटु प्लस :

मूल्य: ४१ लाख ९९ हजार रुपैयाँ

५१.८७ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरसँग, यस एसयूवीले ३५० किलोमिटरको रेञ्ज दिन्छ। प्यानारोमिक मुनरुफ र हिटेड/भेन्टिलेटेड ड्राइभर सिट जस्ता सुविधाहरूले यो एसयूवीलाई अझ आकर्षक बनाउँछ।

बीवाइडी एटो–टु :

मूल्य: ४३ लाख ९९ हजार रुपैयाँ

१०० किलोवाट मोटर र ५१.१३ किलोवाट आवर ब्याट्रीका साथ ३४५ किलोमिटरको रेञ्ज दिने, एटो–टु आकर्षक मूल्य र सुविधासँग उपलब्ध छ। २०० एमएम ग्राउण्ड क्लियरेन्स र २६२० एमएम ह्वीलबेसले यसलाई अफ–रोड ड्राइभिङका लागि उपयुक्त बनाउँछ ।

दीपल एस–०५ प्लस :

मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ

५६.१ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरको साथ, यस एसयूवीले ४०० किलोमिटरको रेञ्ज दिन्छ। प्रिमियम डिजाइन र अत्याधुनिक सुविधाहरूले यो एसयूवीलाई विशिष्ट बनाउँछ ।

एमजी एस–फाइभ लग्जरी :

मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ

यसमा ४९.१ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरसँग यस एसयूवीले ३४० किलोमिटरको रेञ्ज दिन्छ ५ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन र १८० एमएम ग्राउण्ड क्लियरेन्सले ड्राइभिङ अनुभवलाई अझ कम्फर्टेबल बनाउँछ ।

लीपमोटर बी–१० :

मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ

१६० किलोवाटको मोटर र ५६.२ किलोवाट आवर ब्याट्रीसँग, यस एसयूवीले ४२० किलोमिटरको रेञ्ज प्रदान गर्छ । १८० एमएम ग्राउण्ड क्लियरेन्स र २७३५ एमएम लामो ह्वीलबेसले यसलाई अधिक स्थिर र आरामदायक बनाउँछ ।