१३ कार्तिक २०८३, शुक्रबार

हकप्रद सेयर जारी गर्न ओरियन्टल होटल्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित कम्पनीले आगामी असोज ३१ गते शुक्रबार२८ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २६.६३ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर ०.२६६३ नयाँ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्काशनबाट प्राप्त रकम कम्पनीको परिसरको रिनोवेशन गर्नका लागि उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ ।