संसद भवनमा प्रवेश गरे जेनजी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले संघीय संसद् भवनको गेट तोडेर भवनभित्र प्रवेश गरेका छन् । प्रहरीको घेरा तोड्दै उनीहरू संसद भवनको पर्खाल चढेर भित्र प्रवेश गर्न सफल भएका हुन् ।
स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर गर्ने प्रयास गर्दैछ ।














