काठमाडौंमा कर्फ्यु आदेश जारी, कुन कुन क्षेत्रमा आवत-जावत बन्द ?
काठमाडौं । जेनजी प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको छ । प्रदर्शनकारीहरूले सडकमा अशान्ति मचाएपछि सुरक्षा स्थिति नियन्त्रणमा राख्न कर्फ्यूको निर्णय गरिएको हो ।
काठमाडौंका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागु गरिएको छ । प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू लागू गरेको हो ।
बानेश्वरचोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुली बजार पुलसम्म, पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तर आइप्लेक्स मलहुँदै रत्नराज्य माविसम्मम, र बानेश्वरचोकदेखि दक्षिण शंखखुल ओरालो हुँदै शंखमुलसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरि कर्फ्यू आदेश जारी गरेको हो ।
यी स्थानहरुमा आजै दिउँसो साढे १२ बजेदेखि राती १० बजेसम्म सो सीमानाभित्र कसैले नि आवत जावत गर्न निषेध गरेको हो ।














