जेनजी आन्दोलन : संसद भवनको २ नम्बर गेटमा आगो
काठमाडौं । जेनजी आन्दोलनको विरोधमा प्रदर्शनकारीहरुले संसद भवनको २ नम्बर गेटमा आगो लगाएपछि हाल आगो फैलिन थालेको छ ।
सुरक्षा तयारीको अभावले आगो निभाउने कुनै उपाय नहुदा स्थिति जटिल बन्दै गएको छ । दमकल आगो निभाउन नपुगेको र प्रहरीले वाटर क्यानल पनि टाढा राखेको बताइएको छ । घटनाको स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।














