१२ कार्तिक २०८३, बिहिबार

‘जेनजी’ आन्दोलनका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित



काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण सोमबार आयोजित राज्य व्यवस्था समितिको बैठक प्रभावित भएको छ ।

गृहमन्त्री रमेश लेखक अचानक बैठकबाट बाहिरिएपछि बैठक स्थगित गरिएको हो । सभापति ईश्वरीदेवी न्यौपानेले बैठकको स्थगनको घोषणा गरेकी छिन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले बानेश्वरका विभिन्न क्षेत्रमा बिहान साढे १२ बजेदेखि कफ्र्यु आदेश लागू गरेको छ । कफ्र्यु आदेश आन्दोलनका कारण उत्पन्न सुरक्षा र शान्ति अवस्थालाई ध्यानमा राख्दै लागू गरेको हो ।