हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण, एक्स र विच्याट पनि तयारीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण, एक्स र विच्याट पनि तयारीमा



काठमाडौं । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गर्ने निर्णय गरेको छ ।

तर, हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई पुन: सक्रिय भएका छन् । त्यस्तै, ट्वीटर (एक्स) र विच्याटले आवश्यक विवरण उपलब्ध गराइसकेका कारण सूचीकरणको प्रक्रियामा रहेकोसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारको निर्देशन अनुसार सूचीकरण नगरेका सामाजिक सञ्जालहरू नेपाल भित्र निष्क्रिय गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण मार्फत मोबाइल र इन्टरनेट सेवा प्रदायकहरूको सहयोगमा ती सञ्जालहरूको पहुँच बन्द गरिएको छ ।

मन्त्रालयले असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग नगर्न र निष्क्रिय गरिएका सञ्जालमा पहुँच गर्न अनुरोध गरेको छ । साथै मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुसार सूचीकरणको प्रक्रिया पुन: सुरु गरेको छ । यसका लागि कुनै शुल्क लाग्ने छैन र सूचीकरण गरेसँगै सञ्जाल पुन: सक्रिय गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्