१२ कार्तिक २०८३, बिहिबार

बानेश्वर क्षेत्रमा सेना परिचालन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा कर्फ्यू लागू गरिएको छ । त्यससँगै सेना परिचालन गरिएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्दै संसद भवनमा प्रवेश गर्दा सुरक्षा अवस्था चासोको बनेको छ ।

सोमबार सुरु भएको प्रदर्शनमा जेनजी समूहले सरकारको सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीको विरोध गर्दै आवाज उठाएका थिए ।