जेनजी प्रदर्शन उग्र : राष्ट्रपति र प्रधानमन्त्री निवाससहित भीआइपी क्षेत्रहरूमा पनि कर्फ्यु
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति र प्रधानमन्त्री निवाससहित प्रमुख भीआइपी क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासनले दोस्रो कफ्र्यू आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालय, शितल निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रालय, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रका आसपास दिउँसो १ बजेदेखि कर्फ्यु लागू गरेको छ।
आदेश अनुसार राती १० बजेसम्म ती क्षेत्रमा भेला, जुलुस, बैठक र कार्यक्रम गर्न निषेध गरिएको छ ।
















