जेनजी आन्दोलनको प्रभाव: सेयर बजारमा पहिराे, २३८ कम्पनीको सेयर मूल्य घट्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजी आन्दोलनको प्रभाव: सेयर बजारमा पहिराे, २३८ कम्पनीको सेयर मूल्य घट्याे



काठमाडौं । सोमबार सेयर कारोबारमा पनि जेनजी आन्दोलनको प्रभाव देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.४४ अंकले घटेको छ ।

२ः२० बजे १.४५ प्रतिशतले घटेकाे नेप्से २६ सय ६८ दशमलव ८१ बिन्दुमा झरेकाे छ ।

चार दिनदेखि निरन्तर घटिरहेको सेयर बजारमा सोमबार भने भारी गिरावट आएको हो ।

आज ३१६ कम्पनीको कारोबार भएको बजारमा २३८ कम्पनीको सेयर मूल्य घटेको छ । आज व्यापार समुहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समुह आज ३.८७ प्रतिशतले घटेको छ ।

(याे समाचार २ः २० बजे तयार पारिएकाे हाे )


प्रतिक्रिया दिनुहोस्