१२ कार्तिक २०८३, बिहिबार

जेनजी प्रदर्शनमा घाइते २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै



काठमाडौं । जेनजी आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका २० जनालाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।

ट्रमा सेन्टरमा घाइतेको जाँच र उपचार भइरहेको छ । अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने एक प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।