१२ कार्तिक २०८३, बिहिबार

जेनजी प्रदर्शन उग्र : बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बन्दै



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएको छ ।

सरकारको कर्फ्यु आदेश र प्रहरीको घेराबन्दीका बावजूद प्रदर्शनकारीहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शनकारीहरूले पर्खाल भत्काएका छन् । संसद भवन परिसर तथा यातायात व्यवस्था विभाग परिसरमा आगजनी गरेका छन् । स्थिति अझै बिग्रँदै गएकाले प्रदर्शनलाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको छ ।