१२ कार्तिक २०८३, बिहिबार

जेनजी प्रदर्शन : टियर ग्यास प्रहारपछि घरमा तोडफोड



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले एक घरमा तोडफोड गरेका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरोधमा आक्रोशित बनेका उनीहरुलाई घरको छतबाट टियर ग्यास प्रहारपछि तोडफोड गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूल संसद भवनको पर्खाल भत्काएका थिए । फलामको रिलिङ निकालेर भत्काएको पर्खालमा भ्वाङ परेको थियो ।