१ कार्तिक २०८३, आइतबार

रास्वपा र राप्रपाको घुसपैठपछि पोखरामा जेन–जी प्रदर्शन स्थगित



काठमाडौँ । किशोर पुस्ताको आन्दोलन देशभर फैलिएको छ । यही क्रममा पोखरामा भने आन्दोलन रोकिएको बताइएको छ ।

प्रदर्शनमा राजनीतिक दलहरुले घुसपैठ गरेर सार्वजनिक सम्पत्ती माथि धावा बोल्न थालेपछि आन्दोलन रोकिएको हो ।

त्यहाँ ‘जेन–जी’ पुस्ताले गरेको भव्य प्रदर्शनका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुसपैठ गरेको आरोप लागेको छ ।

किशोर तथा युवा पुस्ताका व्यक्तिले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा पनि ब्यापक प्रदर्शन भएको थियो । तर घुसपैठको जोखिमले प्रदर्शन बन्द गर्ने माग भएको थियो ।

यसअघि पोखराको सभागृह चोकबाट सुरू भएको आन्दोलन मानव अधिकार चोक पुगेर स्थगित गरिएको हो ।

राजनीतिक दलका कार्यकर्ताले प्रदर्शनमा घुसपैठ गरेर उत्तेजक नारा लगाउने, भिडलाई उत्तेजित बनाउन खोज्ने र प्रहरीसँग मुडभेड गराउन खोजेको प्रदर्शनकारीका अगुवाहरुले बताएका छन् ।