जेनजी प्रदर्शन : घाइते हुनेको संख्या कति ?
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते हुनेको संख्या ७७ पुगेको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेहरूको संख्या समान छ ।
घाइतेहरूको उपचार सिभिल अस्पताल र ट्रमा सेन्टरमा भइरहेको छ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन् ।
प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।














