जेन जी प्रदर्शनमा मृत्यु हुनेको संख्या बढेको बढ्यै, ट्रमा सेन्टरमा मात्रै ४ जना!
काठमाडौं । जेन नी प्रदर्शनकारीको मृत्युबारे नयाँ खरबहरु आइरहेका छन् । मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ ।
काठमाडौँको ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भइसकेको अस्पताल स्रोतलाई हवाला दिँदै सामाचारहरु प्रकाशित भएका छन् ।
यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो भने एक जना संसद भवन अगाडी घटना स्थलमै मृत्यु भएको बताइएको थियो ।
यसरी यतिबेला सम्म ६ जनाको मृत्यु भइसकेको देखिएको छ ।















