चल्न थालेकाे हाे फेसबुक ?
काठमाडौं । देशभर जेनजीको आन्दोलन उग्र बन्दै हिंसात्मक रुप लिएसँगै फेसबुक खुल्न थालेको छ ।
अहिलेको स्थिति अनुसार, अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले फेसबुकलाई आफ्नो सेवामा पुनः समावेश गरेको बुझिएको छ । यद्यपी यसबारे कुनै आधिकारिक बयान वा जानकारी भने आएको छैन।
केहि प्रयोगकर्ताहरु फेसबुक चलेको जानकारी दिएका छन् । आन्दोलनको प्रभावकै कारण फेसबुक खुलेको हुन सक्ने उनीहरुले जनाएका छन् । आन्दोलनलाई समर्थन गर्दै यस्तो गरेको हुनसक्ने कतिपयको बुझाइ छ ।
सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो ।
उक्त निर्णयको विरुद्धमा आजदेखि जेनजी समुह प्रदर्शन गरिरहेको छ भने आन्दोलनले हिंसात्मक रुप लिएको छ ।













