कांग्रेस नेताले नै मागे गृहमन्त्री लेखकको राजीनामा
काठमाडौं । जेनजी प्रदर्शनमा ठूलाे मानविय क्षत भएपछि नेपाली कांग्रेसका नेताले नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्।
नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले जेनजीको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै गृहमन्त्रीले राजीनामा नदिए फिर्ता बोलाउन पार्टीसँग माग गरेका हुन्।
‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
आन्दोलनमा अहिलेसम्म १८ जनाकाे ज्यान गइरसकेकाे छ । प्रहरीले दमन गरेकाे भन्दै प्रदर्शन झनै उग्र बनेपछि सभापति शेरबहादुर देउवाले अहिले पार्टीको आमस्मिक बैठक राखेका छन्।















