गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री समक्ष बुझाए राजीनामा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।
जेनजीले आज देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा २० जनाले ज्यान गुमाइ सकेका छन् ।













