११ श्रावण २०८३, सोमबार

आज बिहानदेखि काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु



काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अहिले बिहान साढे ८ बजेदेखि ‘अनिश्चितकालीन’ कर्फ्यु आदेश जारी गरेको छ।

सोमबारको विरोध प्रदर्शनमा १९ जना मारिएको र ४२६ जना घाइते भएको घटनापछि काठमाडौँमा कर्फ्यु बल्लै लगिएको छ।

सोमबार जारी गरिएको कर्फ्यु आदेश बिहान ५ बजे सकिएको थियो। यसपछि नयाँ आदेश जारी भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ले जारी गरेको आदेशमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गाेङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै बागमती पुलसम्म अर्थात् चक्रपथ भित्र निश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

यस क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन तथा यात्रुहरू आवतजावत गर्न, कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेश प्रशासनले जारी गरेको छ।