प्रदर्शनकाे दाेस्राे दिन झनै आक्रामक देखिए युवा, प्रचण्ड निवास जाने सडकमा भत्काइयो प्रहरी बिट
काठमाडौं । २० जना युवाको मृत्यु पश्चात प्रदर्शनको दोस्रो दिन पनि प्रदर्शनकारीहरु आक्रामक देखिएका छन् ।
स्थानीय प्रदर्शनकारीहरुले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने सडकमा प्रहरी बिट भत्काएका छन्।
मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन्।
युवाहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँठाउँमा टायर बालेर समेत प्रदर्शन गरिरहेका छन्।
काठमाडौंको कलंकीमा टायर बालेर आन्दोलनमा होमिएका छन् भने नयाँ बानेश्वरको संसद भवनमा पनि सरकार विरुद्ध चर्को नाराबाजी भइरहेकोको । अहिले सम्मको अवस्था भने प्रहरीको नियन्त्रणमै देखिन्छ ।
यसैबीच प्रदर्शमा हुनसक्ने सूरक्षा खतराबीच काठमाडौं, ललितपुर र भक्तपुरले कर्फ्यू आदेश समेत जारी गरेको छ।













