१ कार्तिक २०८३, आइतबार

प्रदर्शनकारीहरुले सञ्चारमन्त्री गुरुङको घरमा गरे आगजनी



काठमाडौं । मंगलबार प्रदर्शनकारीहरुले सञ्चार मन्त्रीको घरमा आगो लगाएका छन् ।

आन्दोलनमा सरकारले सिधै गोली हान्ने आदेश दिएर २० जना युवा मारेको भन्दै आक्रोसित बनेका उनीहरुले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका हुन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले आक्रोशित हुँदै मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।