कर्फ्युका कारण आज सेयर बजार बन्द
काठमाडौँ । काठमाडौं महानगर भित्रका लागि भनेर स्थानीय प्रशाशनले लगाएको कर्फ्युका कारण मंगलबार सेयर बजार पनि बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धेरैजसो धितोपत्र कारोबारीहरु महानगर क्षेत्रमै रहेको र कयौं लगानीकर्ता तथा दलाल कम्पनीहरुले आग्रह गरेको भनेर मंगलबारको कारोबार स्थगित गर्ने बताएको छ ।













