पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । हेटौंडा र मनहरी बजारमा युवा समूहहरूको प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
मनहरी बजारमा भएको प्रदर्शनका कारण राजमार्गमा गाडी आवागमन प्रभावित भएको छ ।
हेटौंडाको १६ नम्बर वडामा पनि प्रदर्शन जारी रहेको छ भने मुख्य बजार क्षेत्रमा विभिन्न समूहले विरोध प्रदर्शन गरिरहेका छन् । यता, प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।















