जेनजी प्रदर्शनको प्रभाव : धितोपत्र सेवा रोक्ने ब्रोकर एसोसिएसनको निर्णय
काठमाडौं । सेयर ब्रोकरहरूको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जेनजी प्रदर्शनबाट उत्पन्न असामान्य परिस्थितिको कारण धितोपत्र सेवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।
प्रदर्शनबाट भएको जनधनको ठूलो क्षति र जारी कर्फ्यूको कारण रिङरोड भित्रका कार्यालयहरूमा सेवा सञ्चालन गर्नु कठिनाई हुने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘धितोपत्र दलाल व्यवसायीहरूको कार्यालयसम्म कफ्र्यू आदेशको असर पुगेको छ, र त्यस कारण हाम्रो सेवा स्थगित गर्नुपरेको हो ।’
एसोसिएसनले जेनजी प्रदर्शनबाट भएको अपूरणीय क्षतिको लागि क्षमाप्रार्थी पनि भएको बताएको छ । सरकार र मातहतका निकायहरूलाई जेनजी प्रदर्शनको परिस्थितिलाई सामान्य बनाउन पहल गर्न एसोसिएसनले अपिल गरेको छ ।















