१ कार्तिक २०८३, आइतबार

देउवाको निवास छिर्ने चोकमा प्रदर्शनकारी भेला



काठमाडौं । मंगलबार प्रदर्शनकारीहरको एक हुल देउवा चोकतिर मोडिएको छ । प्रदर्शनकारीहरु देउवा निवास लक्षित गर्दै काठमाडौंको बुढानिलकण्ठस्थित देउवा चोकमा भेला भएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास छिर्ने चोकमा प्रदर्शनकारी भेला भएका छन्।

यसअघि अनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा पनि तोडफोड भएको छ।

अहिले प्रदर्शनकारीहरू विभिन्न नेताहरूको घर अगाडि पुगेर प्रदर्शन गरिरहेका छन्।