१ कार्तिक २०८३, आइतबार

खानेपानीमन्त्री यादव पनि राजीनामा दिँदै



काठमाडौं । दाेस्राे दिन पनि युवाहरूकाे प्रदर्शन चर्किएसँगै सरकारमा सहभागि मन्त्रीहरूले राजिनामा दिने क्रम जारी छ ।

यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् ।

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् ।

गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारीले राजिनामा दिसकेका छन् भने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले पनि राजिनामा दिने घाेषणा गरिसकेका छन् ।