१२ कार्तिक २०८३, बिहिबार

निवर्तमान गृहमन्त्री लेखकको घरमा प्रदर्शनकारीको आक्रमण, आगजनी र तोडफोड



काठमाडौं । हिजोमात्र पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । काठमाडौँको नैकापस्थित उनको घरमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका हुन् ।

हालसम्म ठूलो संख्यामा प्रदर्शनकारीहरू लेखकको घर बाहिर जम्मा भएका छन्। अन्य प्रमुख नेताका घरहरूमा पनि प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरिरहेका खबरहरू प्राप्त भएका छन् ।