देउवाको दरबारमा प्रदर्शनकारीले लगाए आगो
काठमाडौं । नेपाली कांंग्रेसका सभापती शेरहबहादुर देउवाको निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।
काठमाडौँको बूढानीलकण्ठ स्थित देउवा निवासमा मुख्य गेट फुटाएर भित्र पसेका प्रदर्शनकारीले देउवाको घर भित्रै पसेर आगो लगाएका हुन् ।
देउवाको घरबाट भयंकर धूवाँको मुस्लो बाहिर आएको छ । देउवा र परराष्ट्रमन्त्री आरजू राणा तथा उनीहरुको परिवार अहिले कहाँ छन् भन्ने कुनै जानकारी छैन ।














